गुल्मी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु शनिबार, असार १५, २०८१

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता शनिबार, असार १५, २०८१ गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो।

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते शनिबार, असार १५, २०८१ उक्त घटनामा दुईजना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने शनिबार, असार १५, २०८१ विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

आज दहीचिउरा खाने दिन शनिबार, असार १५, २०८१ असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ। धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ।

बागलुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए शनिबार, असार १५, २०८१ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

आज असार १५: राष्ट्रिय धान दिवस, राेपाइँ ९.८ प्रतिशत मात्रै शनिबार, असार १५, २०८१ खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ। तर नेपालमा भने कूल खेतीयोग्य जमिनमध्ये धेरै बाँझो छ। सरकारी तथ्याङ्कअनुसार करिब ३१ लाख हेक्टर जमिन खेतीयोग्य छ। उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन्।

तीन दिनसम्म वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध शनिबार, असार १५, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

एसईईमा एनजीमा परेका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने शुक्रबार, असार १४, २०८१ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा ननग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरु पनि मौका परीक्षामा सहभागी हुन पाउने भएका छन्। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयबाट एनजी ल्याउने विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने भएका हुन्। यसअघि दुई भन्दा बढी विषयमा फेल भएका विद्यार्थीहरुले तत्काल मौका परीक्षा दिन नपाउने...

१२ दिनपछि रिहा भए सूचना माग्दा पक्राउ परेका ६ अभियानकर्मी शुक्रबार, असार १४, २०८१ गोकर्णेश्वर नगरपालिका र त्यसअन्तर्गतका विभिन्न निकायमा सार्वजनिक महत्वको सूचना माग गरेकै कारण पक्राउ गरी १२ दिनदेखि प्रहरी हिरासतमा राखिएका सूचनाका हकका छजना अभियानकर्मी आज रिहा भएका छन्।

निगमको वाइडबडी विमानले पायो सी–चेकको अनुमति शुक्रबार, असार १४, २०८१ नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो।

महोत्सवमा पनि आँपले बजार नपाएको किसानको गुनासो शुक्रबार, असार १४, २०८१ पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन्।

किसानहरुले किन पाएनन् दूधको भुक्तानी? शुक्रबार, असार १४, २०८१ कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छिन्।