News Griha :: न्यूजगृह
गुल्मी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु 

गुल्मी— गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ।

मालिका गाउँपालिका–६ कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली, बुहारी २६ वर्षकी सीता, नातिनीहरू ८ वर्षकी सपना र ८ महिनाको बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले भेषबहादुरको ढुङ्गामाटोले बनेको दुई तले घर पुरेको थियो। घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:३१
Weather Update