News Griha :: न्यूजगृह
तीन दिनसम्म वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध
सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र।

काठमाडौं — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।  
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

आइतबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। 

Malangawa-Sarlahi-duban-1-1719621590.jpgवर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

महाशाखाले बुलेटिन निकालेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो। 

विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरूमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरूमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०६:२६
Weather Update