झापामा हात्ती आतंक, एक वर्षमा ६ जनाको मृत्युमंगलबार, असार १८, २०८१
-1719915943.jpg)
राजनीतिसँगै ‘ड्रागन’खेतीमा रमाइरहेका गणेश मंगलबार, असार १८, २०८१ राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ। राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए।

प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण मंगलबार, असार १८, २०८१ राष्ट्रियसभाका सांसदहरुले वर्षेनी प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम मंगलबार, असार १८, २०८१ आर्थिक वर्ष २०७३–७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती मंगलबार, असार १८, २०८१ पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो। स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो। तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन्।

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा मंगलबार, असार १८, २०८१ मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ। सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो।
-1719839717.jpg)
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा बागलुङ नगरपालिका सोमबार, असार १७, २०८१ बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ। बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ।

‘स्मार्ट लाइसेन्सको सट्टा भौचरले काम चलाउनुपर्ने अवस्था छ’ सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्।

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा सोमबार, असार १७, २०८१ वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्। साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो।
-1715336280.jpg)
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह सोमबार, असार १७, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन्।निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्याउन नहुनेमा जोड दिए।

प्रयोगमा नआइ खण्डहर बन्दै दलितका लागि निर्माण गरिएका आवास सोमबार, असार १७, २०८१ गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन) अहिलेसम्म प्रयोगमा आएको छैन।

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी सोमबार, असार १७, २०८१ घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्।...

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या सोमबार, असार १७, २०८१ वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै पानी जमेपछि हो।