तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमीआइतबार, असार १६, २०८१

महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने आइतबार, असार १६, २०८१ काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ। नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ।

माछा मार्न गएका मजदुर महाकालीमा बेपत्ता आइतबार, असार १६, २०८१ कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन्।

वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए आइतबार, असार १६, २०८१ मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन्।
-1719736680.jpg)
महोत्तरीबासीको चिन्ता– कतिबेला बास उठ्ने हो थाहा छैन आइतबार, असार १६, २०८१ देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयबासी त्रसित छन्। चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग्र्यान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र...

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते आइतबार, असार १६, २०८१ बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन्। मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
-1717301898.jpg)
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध आइतबार, असार १६, २०८१ त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ।

तराईमा बाढी र पहाडमा पहिरोको कहर : २४ घण्टामा कहाँ के भयो? शनिबार, असार १५, २०८१ अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ। बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी शनिबार, असार १५, २०८१ राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्। यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ ।

डोटीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु शनिबार, असार १५, २०८१ सायल –४ डौडमा शनिबार भएको सो दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ झलारी ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते शनिबार, असार १५, २०८१ ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ८ यात्रु घाइते छन् ।

बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु शनिबार, असार १५, २०८१ बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु गएको छ भने दुईजना घाइते छन्।

स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु शनिबार, असार १५, २०८१ स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गएराति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।