News Griha :: न्यूजगृह
स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु

काठमाडौं— स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गएराति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। ‘राति सुतेका बेला पहिरो खसेको हो,’ उनले भने।

घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए। 

पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:५७
Weather Update