News Griha :: न्यूजगृह
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–९ बस्ने ३१ वर्षीय इकेश तामाङ रहेका छन्। 
हाम्रो संस्कृति नीति गलत छः पर्यटनमन्त्री तामाङ 
हाम्रो संस्कृति नीति गलत छः पर्यटनमन्त्री तामाङ  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले देशको संस्कृतिक नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन्। 
काठमाडौं महानगरले भन्यो– वर्षाका कारण उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदैन 
काठमाडौं महानगरले भन्यो– वर्षाका कारण उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदैन  काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो। 
कोशीमा १४ प्रतिशत रोपियो धान
कोशीमा १४ प्रतिशत रोपियो धान अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। 
बूढीगण्डकीको काम छिटो अघि बढाउन प्रचण्डलाई बाबुरामको दबाब, भदौसम्मको अल्टिमेटम  
बूढीगण्डकीको काम छिटो अघि बढाउन प्रचण्डलाई बाबुरामको दबाब, भदौसम्मको अल्टिमेटम   पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत परियोजना निर्माणको काम छिटो थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै भट्टराईले आगामी भदौ मसान्तसम्म माग पूरा नभए सरोकारवाला मिलेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। 
यस वर्षको रोपाइँ महोत्सव चितवनमा हुने
यस वर्षको रोपाइँ महोत्सव चितवनमा हुने हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो।  
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन करोडौँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्। मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्। लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने–नचल्ने कुनै टुङ्गो छैन। 
जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका विद्यार्थीले पनि पास गरे एसईई
जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका विद्यार्थीले पनि पास गरे एसईई जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्। टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिए। 
पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा
पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गएराति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो। 
बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न सांसदहरुको माग 
बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न सांसदहरुको माग  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।
पुरानै स्वरुपमा फर्कियो ऐतिहासिक ‘गलकोट दरबार’
पुरानै स्वरुपमा फर्कियो ऐतिहासिक ‘गलकोट दरबार’ लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ। नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो। 
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदै गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए। 
Weather Update