News Griha :: न्यूजगृह
बूढीगण्डकीको काम छिटो अघि बढाउन प्रचण्डलाई बाबुरामको दबाब, भदौसम्मको अल्टिमेटम  

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको काम छिटो थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै भट्टराईले आगामी भदौ मसान्तसम्म माग पूरा नभए सरोकारवाला मिलेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। 

उनले बुढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐन अन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो सम्पन्न र स्थानीय जनताका माग पूरा गर्न माग गरेका छन्।

त्यस्तै उनले परियोजना निर्माणपछि त्यहाँ विद्युतीकरणका लागि मात्रै नभइ पर्यटकीय दृष्टिकोणले समेत हेर्न सकिने बताए। पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्न जाने भएकाले त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न सकिने उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख रहेको छ। 

‘पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्न जाने भएकाले यो ठाउँलाई एउटा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न, नेपालको २४ जिल्ला भएर पुष्पलाल मध्यपहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्मका मुलुकका मुख्यमुख्य ठाउँहरु तथा उत्तर–दक्षिण करिडोरले उत्तरमा चीन र दक्षिणमा भारतसँग यो क्षेत्रलाईृ जोड्ने भएकाले बूढीगण्डकी करिडोरलाई मुलुकको एक गतिशील केन्द्र र हरित विकासको मोडेलका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना देखेर त्यसको तयारी गर्न तत्कालीन विकास समितिलाई निर्देशन दिइएको थियो,’ ज्ञापनपत्रमा भनिएको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:२५
Weather Update