News Griha :: न्यूजगृह
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दमक नगरपालिका–९ बस्ने ३१ वर्षीय इकेश तामाङ रहेका छन्। 

जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भएको थियो। 

अदालतको आदेशपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:३९
Weather Update