कञ्चनपुरका आठ विद्यालयको एसईई नतिजा शून्यबिहीबार, असार २०, २०८१

बैतडीका १८ विद्यालयको एसईई नतिजा शून्य बिहीबार, असार २०, २०८१ जिल्लाका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो।परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईका प्राविधिक सहायक रामचन्द्र...

विभिन्न माग राख्दै सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका कर्मचारीहरु आन्दोलित बिहीबार, असार २०, २०८१ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। बिहीबार संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन्।

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना बिहीबार, असार २०, २०८१ जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असार २०, २०८१ आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो बुधबार, असार १९, २०८१ मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उप्किसकेको छ।

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै बुधबार, असार १९, २०८१ मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने भएको छ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार बुधबार, असार १९, २०८१ सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो।

सोह्रखुट्टेमा भासियो सडक बुधबार, असार १९, २०८१ काठमाडौं महानगरपालिका—१६ स्थित सोह्रखुट्टे–बालाजु सडक भासिएको छ।

भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह बुधबार, असार १९, २०८१ गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

पोखराको लामाचौरबाट हराए तीन वर्षीय बालक बुधबार, असार १९, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मङ्गलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् ।
-1719929193.jpg)
मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक मंगलबार, असार १८, २०८१ सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको मिश्रण (फ्युजन) सहितको विकास गरिरहेको जनाएको छ। आज नगरपालिकाको विकास निर्माणसम्बन्धी प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया’मा आधुनिक र परम्परागत शैलीको फ्युजनको रुपमा सहर निर्माण भएको जानकारी गराइयो।
-1714642273.jpg)
हेटौँडा उपमहानगरको न्यायिक समितिबाट ११५ मुद्दाको मिलापत्र मंगलबार, असार १८, २०८१ मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ।