News Griha :: न्यूजगृह
सोह्रखुट्टेमा भासियो सडक 

काठमाडौं— काठमाडौं महानगरपालिका—१६ स्थित सोह्रखुट्टे–बालाजु सडक भासिएको छ। 

बुधबार बिहान सोह्रखुट्टे–बालाजु सडक अन्तर्गत सासा ब्याङ्केट नजिकै सडकमा ११ फिटको खाल्डो परेको हो। 

उक्त खाल्डोमा मोटरसाइकलमा सवार दुई जना समेत फसेका थिए। दुई मोटरसाइकल यात्री आफैँ त्यहाँबाट निस्किए पनि त्यहाँ फसेको मोटरलाई केही समयपछि मात्र निकालिएको थियो।

अहिले महानगरले निर्माण टोली खटाएर भासिएको ठाउँमा घेरा हालेर निर्माणको काम भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:५२
Weather Update