राष्ट्रपति पौडेलले गरे जगन्नाथ रथयात्राको शुभारम्भआइतबार, असार २३, २०८१

स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला आइतबार, असार २३, २०८१ स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरोमा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ।

पहिरोमा पुरिएका तीनै जनाको शव भेटियो आइतबार, असार २३, २०८१ तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ। पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया...

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु आइतबार, असार २३, २०८१ दुर्घटनामा स्थानीय ३८ वर्षीय इन्द्रहरी पोखरेलको मृत्यु भएको हो।

निरन्तरको वर्षाले मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा अवरुद्ध शनिबार, असार २२, २०८१ हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्। नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ।

हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, ६ सय ५० घर जोखिममा शनिबार, असार २२, २०८१ भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।

भोटेकोशी जलविद्युत् आयोजनाको ढलानमा पुरिएका मजदुरको शव फेला शनिबार, असार २२, २०८१ गएराति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन्। आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु छन्।

अविरल वर्षासँगै देशका मुख्य सडक अवरुद्ध, तराईमा डुबान शनिबार, असार २२, २०८१ अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्यो, सूर्यविनायक क्षेत्र डुबानमा शनिबार, असार २२, २०८१ अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि सूर्यविनायक स्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र डुबानमा परेका हुन्।

आज यी ४९ जिल्ला बाढीको जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असार २२, २०८१ निरन्तर वर्षा भइरहेका कारण शनिबार देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ।

तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा शनिबार, असार २२, २०८१ केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका—११ बुद्धनगरस्थित तिनाउ नदीमा पानीको सतह बढेको छ।

रौतहटबाट ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद शनिबार, असार २२, २०८१ सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका— ८ कबीर चोकबाट भारतीय बजारबाट ल्याइएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७ सय थान कुखुराको चल्ला बरामद गरेको हो ।

हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध शनिबार, असार २२, २०८१ ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ। यस्तै मातातीर्थ हुँदै हेटौँडा जाने सडक पनि अवरुद्ध बनेको छ। महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।