झापामा विपद्जन्य घटनाबाट चार जनाको मृत्युमंगलबार, असार २५, २०८१

पर्सामा हालसम्म ६० प्रतिशत रोपाइँ मंगलबार, असार २५, २०८१ जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ।

बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक दाहसंस्कार मंगलबार, असार २५, २०८१ बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ। आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए।

अविरल वर्षापछि अवरूद्ध रारा विमानस्थलमा आजदेखि उडान सञ्चालन मंगलबार, असार २५, २०८१ मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ। अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो।

पूर्वका साना खोलामा बाढीको जोखिम मंगलबार, असार २५, २०८१ हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ।

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन मंगलबार, असार २५, २०८१ राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ। समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।
-1714474494.jpg)
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ मंगलबार, असार २५, २०८१ अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन्। प्रहरीेले सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागुऔषध ब्राउनसुगर ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

माइत जान्छु भनेर हिँडेकी महिला भुटानमा बन्दी मंगलबार, असार २५, २०८१ बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडेकी थिइन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे।

अविरल वर्षाले धरान–धनकुटा सडक अवरुद्ध मंगलबार, असार २५, २०८१ निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ। धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए।

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट मंगलबार, असार २५, २०८१ नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध मंगलबार, असार २५, २०८१ वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना मंगलबार, असार २५, २०८१ केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

अब त्रिविका उपकुलपति बराललाई भेट्न 'क्यूआर स्क्यान' गर्नुपर्ने! सोमबार, असार २४, २०८१ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालसँग भेट्न क्यूआर कोडबाट समय लिनुपर्ने भएको छ।