बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किएबिहीबार, असार २७, २०८१

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह बिहीबार, असार २७, २०८१ नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए।

खेतीपातीमा रमाउँदै वनकरिया समुदाय बुधबार, असार २६, २०८१ यहाँको मनहरि गाउँपालिका–४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजान्छिन्। १८ वर्ष अघिसम्म वन केराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उनले बिर्सिएकी छैनन्। तर, उनी अहिलेको जीवनमा रमाइरहेकी छिन्।

युवाको सारथी बन्दै पोखरा महानगरपालिका बुधबार, असार २६, २०८१ रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ।
-1714642273.jpg)
चितवनमा मिटरब्याज सम्बन्धी ५९ वटा उजुरी दर्ता बुधबार, असार २६, २०८१ चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन्।

बाढीमा फसेका स्वास्थ्यकर्मीको २ घण्टापछि सकुशल उद्धार बुधबार, असार २६, २०८१ सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ। चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत रहेका छन्।

अविरल वर्षापछि अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन बुधबार, असार २६, २०८१ पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ। मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

दाउरा निकाल्ने क्रममा सेती नदीले बगाउँदा एक जना बेपत्ता बुधबार, असार २६, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।

रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, नौ जना घाइते बुधबार, असार २६, २०८१ रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मङ्गलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भारी वर्षाले झापाको जनजीवन प्रभावित मंगलबार, असार २५, २०८१ भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ। बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ को टप्पु बस्ती...

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा मंगलबार, असार २५, २०८१ पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो।

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल बाढीले भत्कायो मंगलबार, असार २५, २०८१ अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्याएको छ। नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ। विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण मंगलबार, असार २५, २०८१ सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।