News Griha :: न्यूजगृह
नारायणगढ—मुग्लिन सडकमा पहिरोले दुई यात्रुबस बगायो, अर्को यात्रुबसमा ढुङ्गा लाग्दा चालकको मृत्यु
नारायणगढ—मुग्लिन सडकमा पहिरोले दुई यात्रुबस बगायो, अर्को यात्रुबसमा ढुङ्गा लाग्दा चालकको मृत्यु नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डा सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
डा सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।
स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन
स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ। बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए। उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ। 
वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो
वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो। 
छानबिन समितिले गर्‍यो अर्थमन्त्रालय लगायतका निकायसँग छलफल
छानबिन समितिले गर्‍यो अर्थमन्त्रालय लगायतका निकायसँग छलफल प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ।
झापामा मिटरब्याजसम्बन्धी ८३ उजुरी दर्ता
झापामा मिटरब्याजसम्बन्धी ८३ उजुरी दर्ता जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन्। 
६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा, आन्दोलन गर्ने चेतावनी
६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा, आन्दोलन गर्ने चेतावनी चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले  राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आज  पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 
मण्डनदेउपुरले लगायो मालबाहक यातायातका साधन सञ्चालनमा रोक
मण्डनदेउपुरले लगायो मालबाहक यातायातका साधन सञ्चालनमा रोक मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ। वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
गण्डकीमा ५० प्रतिशत रोपाइँ
गण्डकीमा ५० प्रतिशत रोपाइँ असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। 
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण बढ्दो, वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण बढ्दो, वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरले माग्यो ३० हेभी सवारी चालक
काठमाडौं महानगरले माग्यो ३० हेभी सवारी चालक काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालक (ड्राइभर) को माग गरेको छ। 
बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको भेट 
बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको भेट  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन्। प्रमुख बालेनको कार्यकक्षमा उनीहरुबीच भेटघाट भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। 
Weather Update