बागलुङमा मनसुनजन्य विपद्बाट मृत्यु भएकाको परिवारलाई राहतआइतबार, असार ३०, २०८१

झापामा हात्तीले चार घरमा पुर्यायो क्षति आइतबार, असार ३०, २०८१ झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ। राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो।

पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर खुल्यो आइतबार, असार ३०, २०८१ पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ। करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो।

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध आइतबार, असार ३०, २०८१ निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ।
-1720932628.jpg)
भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत आइतबार, असार ३०, २०८१ आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन्।

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला आइतबार, असार ३०, २०८१ जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन्। जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन्।

त्रिविमा शैक्षिक क्यालेन्डर लागू, कार्यान्वयन होला? शनिबार, असार २९, २०८१ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।

कर्णाली करिडोर अवरुद्ध शनिबार, असार २९, २०८१ यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ। सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।

वाटर ड्रोनको प्रयोग गरेर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजिदै शनिबार, असार २९, २०८१ शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ।

सर्पले डस्दा महिलाको मृत्यु शनिबार, असार २९, २०८१ सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।

सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन माग, बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो शनिबार, असार २९, २०८१ चितवनमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरूका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्।
-1717908815.jpg)
कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध शनिबार, असार २९, २०८१ 'बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरू निकै मारमा पर्यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ,' उनले भने, 'अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ।'

सिमलताल पहिरो अपडेटः बेपत्ता बस र यात्रु खोज्न खटिए सुरक्षाकर्मी शनिबार, असार २९, २०८१ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो।