News Griha :: न्यूजगृह
पोखराको लामाचौरबाट हराए तीन वर्षीय बालक
पोखराको लामाचौरबाट हराए तीन वर्षीय बालक जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मङ्गलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् ।
मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक
मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको मिश्रण (फ्युजन) सहितको विकास गरिरहेको जनाएको छ। आज नगरपालिकाको विकास निर्माणसम्बन्धी प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया’मा आधुनिक र परम्परागत शैलीको फ्युजनको रुपमा सहर निर्माण भएको जानकारी गराइयो।
हेटौँडा उपमहानगरको न्यायिक समितिबाट ११५ मुद्दाको मिलापत्र
हेटौँडा उपमहानगरको न्यायिक समितिबाट ११५ मुद्दाको मिलापत्र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ। 
झापामा हात्ती आतंक, एक वर्षमा ६ जनाको मृत्यु
झापामा हात्ती आतंक, एक वर्षमा ६ जनाको मृत्यु मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन्। बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ। ‘पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो,’ घाइते भीममायाका...
राजनीतिसँगै ‘ड्रागन’खेतीमा रमाइरहेका गणेश 
राजनीतिसँगै ‘ड्रागन’खेतीमा रमाइरहेका गणेश  राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ।  राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए। 
प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण राष्ट्रियसभाका सांसदहरुले वर्षेनी प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम आर्थिक वर्ष २०७३–७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो। स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो। तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन्। 
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ।  सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो। 
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा बागलुङ नगरपालिका
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा बागलुङ नगरपालिका बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ। बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ।  
‘स्मार्ट लाइसेन्सको सट्टा भौचरले काम चलाउनुपर्ने अवस्था छ’
‘स्मार्ट लाइसेन्सको सट्टा भौचरले काम चलाउनुपर्ने अवस्था छ’ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा  भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्। 
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्। साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो। 
Weather Update