काठमाडौंका यी स्थानमा आज ६ घण्टासम्म विद्युत अवरूद्ध हुनेशनिबार, असार २९, २०८१

त्रिशूलीमा बेपत्ता बसको खोजी शनिबार बिहानैदेखि शनिबार, असार २९, २०८१ चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार बिहानैदेखि सुरु गरिने भएको छ। दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम सुरु गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

यस्तो रहनेछ शनिबारको मौसम शनिबार, असार २९, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।
-1720782292.jpg)
गुरुङ हेरिटेज ट्रेल: चारदेखि एघार दिनको यात्रा, १३ वटा गन्तव्यस्थल शुक्रबार, असार २८, २०८१ गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ।

पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध शुक्रबार, असार २८, २०८१ उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ।

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन शुक्रबार, असार २८, २०८१ जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ।

पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, असार २८, २०८१ पहिरोको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

अवरुद्ध कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौं खण्डमा यातायात सञ्चालन शुक्रबार, असार २८, २०८१ मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन्।

प्राकृतिक विपत्तिमा परेकाहरुको खोजी र उद्धारको काममा तल्काल जुट्न सांसदहरुको माग शुक्रबार, असार २८, २०८१ प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित शुक्रबार, असार २८, २०८१ भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज रहेका छन्। अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन। आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए। बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स...
![कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/pokhara-pahiro-1720753444.jpg)
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट] शुक्रबार, असार २८, २०८१ पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट...

म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु शुक्रबार, असार २८, २०८१ घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।
![पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशङ्का, करिब ६५ यात्रु बेपत्ता [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/98-55-1720748266.jpg)
पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशङ्का, करिब ६५ यात्रु बेपत्ता [अपडेट] शुक्रबार, असार २८, २०८१ नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ। बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ।