News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता बसको खोजी शनिबार बिहानैदेखि 
बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौं — चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार बिहानैदेखि सुरु गरिने भएको छ।

दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम सुरु गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबारका लागि स्थगित भएको थियो।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ। हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए। 

963-1720799622.jpg
दुर्घटनास्थलमा भेटिएका कपडा

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०६:५२
Weather Update