News Griha :: न्यूजगृह
पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशङ्का, करिब ६५ यात्रु बेपत्ता [अपडेट]

चितवन — नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ। बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। यद्यपि यात्रुहरूको यकिन विवरण भने थाहा हुन सकेको छैन ।

दुवै बस र यात्रुहरूको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौँ। पहिरो पन्छाउँदै खोजी कार्य जारी छ।’

जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:२३
Weather Update