अवरुद्ध कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौं खण्डमा यातायात सञ्चालन
मकवानपुर— मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन्।
कुलेखानी–काठमाडौं–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ।
यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौंतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौं, कुलेखानी फाखेल हुँदै काठमाडौं, थानकोट–चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौं जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १३:२७