News Griha :: न्यूजगृह
रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, सात जना घाइते
बाढीले घर क्षती गरेको आठविसकोट १२ को झिन्चौर । तस्बिर : ललित चन्द

काठमाडौं— गएराति आएको बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते छन्।

आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाइते भएका नगर प्रमुख रबि केसीले जानकारी दिए।

मृत्यु हुनेमा स्थानीय १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए। घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता छन्।

बाढीले घर बगाउँदा घाइते भएका ७ जनालाई आठविसकोटस्थित नगर अस्पतालमा  उपचार भइरहेको छ। घाइते हुनेमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी छन्।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको हो। बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ। घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०७:०१
Weather Update