पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ— पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ।
मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए।
यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ।
चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन। आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन्।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १०:११