News Griha :: न्यूजगृह
तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा
तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका—११ बुद्धनगरस्थित तिनाउ नदीमा पानीको सतह बढेको छ। 
रौतहटबाट ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद
रौतहटबाट ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका— ८ कबीर चोकबाट भारतीय बजारबाट ल्याइएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७ सय थान कुखुराको चल्ला बरामद गरेको हो ।
हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध
हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ। यस्तै मातातीर्थ हुँदै हेटौँडा जाने सडक पनि अवरुद्ध बनेको छ। महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
काठमाडौंका यी स्थानमा आज ३ घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज ३ घण्टा विद्युत अवरूद्ध हुने विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ। दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो।
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका—२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो।
पछिल्लो २४ घण्टादेखि काठमाडौं उपत्यकामा वर्षा जारी, कहाँ कति पर्‍यो पानी?
पछिल्लो २४ घण्टादेखि काठमाडौं उपत्यकामा वर्षा जारी, कहाँ कति पर्‍यो पानी? देशभरका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षा जारी छ। 
आज सातवटै प्रदेशमा वर्षा हुने, पाँचवटामा अति भारी वर्षाको सम्भावना
आज सातवटै प्रदेशमा वर्षा हुने, पाँचवटामा अति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिए
निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिए सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् ।
मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६...
गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध
गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको...
हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’
हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन्। लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन। कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ। राष्ट्रिय गौरवका...
Weather Update