News Griha :: न्यूजगृह
नागढुङ्गा-नौबिसे सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

धादिङ— अविरल वर्षाका कारण मङ्गलबार बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।

धुनीबेँसी नगरपालिका-९ स्थित खत्रिपौवा सुरुङ मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारी साधनहरू रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। 

लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०८:०६
Weather Update