ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं— ताप्लेजुङमा भूकम्प गएको छ। ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याए/नपुर्याएको विवरण प्राप्त हुन सकेको छैन।
२०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ ०६:२३