News Griha :: न्यूजगृह
वाटर ड्रोनको प्रयोग गरेर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजिदै 

काठमाडौं— शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोरसहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो।

टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। र्‍याफ्‌टिङ बोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाइएको छ। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:५७
Weather Update