News Griha :: न्यूजगृह
बागलुङमा मनसुनजन्य विपद्बाट मृत्यु भएकाको परिवारलाई राहत

गलकोट— मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ। 

मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले ६ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ। 

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो। 

मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए। 

यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार सङ्घीय सरकारको दुई लाख र प्रदेश सरकारको ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ। 

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो। गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो। मृतक श्रीमान्–श्रीमतीको परिवारलाई चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:१४
Weather Update