News Griha :: न्यूजगृह
काठमाडौं महानगरले माग्यो ३० हेभी सवारी चालक

काठमाडौं— काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालक (ड्राइभर) को माग गरेको छ। 

महानगरले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ र काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ अनुसार करारमा चालक माग गरेको हो। 

इच्छुकले आजबाट आगामी साउन १६ गतेसम्म फारम भर्न आग्रह गरेको छ। जसको शुल्क ५ सय रुपैयाँ लाग्ने र साउन २३ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने जनाइएको छ। 

त्यस्तै महिला पुरुष दुवैले रोजगारको अवसर पाउने र २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने महागरले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:३५
Weather Update