पहिरो पन्छाएपछि मुग्लिन–मलेखु सडक सञ्चालनमा सोमबार, असार २४, २०८१
-1720444649.jpg)
वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण सोमबार, असार २४, २०८१ कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ। जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए।

कर्णालीका हिमाली जिल्लामा ५ दिनदेखि हवाईसेवा अवरुद्ध सोमबार, असार २४, २०८१ लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ।

वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध सोमबार, असार २४, २०८१ वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन।
-1715765111.jpg)
बिलबिजक नभएको झण्डै २ करोड बराबरका सामानसहित २ वटा ट्रक नियन्त्रणमा सोमबार, असार २४, २०८१ पर्सा प्रहरीले बिलबिजक नभएको एक करोड ८९ लाख ५० हजार ६ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

असार सकिँदै लाग्दा देशभर ३८ प्रतिशत रोपाइँ सम्पन्न सोमबार, असार २४, २०८१ समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ।सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी...

पुनः अवरुद्ध भयो जयपृथ्वी राजमार्ग, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या सोमबार, असार २४, २०८१ अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो।जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
-1714474494.jpg)
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ७ जना पक्राउ सोमबार, असार २४, २०८१ प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ। प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर २ सय ८० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ।

कृषि मन्त्रालयको मुलद्वारमा लुँडो खेल्दै धर्ना दिँदै कर्मचारी सोमबार, असार २४, २०८१ असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई। तर, मुलुकको संघीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मुलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्। उनीहरू एकै श्वरमा भन्छन्, ‘विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो,...

अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध सोमबार, असार २४, २०८१ अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्। वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन्।
-1720343931.jpg)
जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी आइतबार, असार २३, २०८१ नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन्।

भरतपुरको दियालो बङ्गला आजबाट सर्वसाधारणका लागि खुला आइतबार, असार २३, २०८१ भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गरेका हुन्।नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो। मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न...

नाबालिकालाई पोखरा पुर्याइ सामूहिक करणी, एक भारतीयसहित २ जना पक्राउ आइतबार, असार २३, २०८१ अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।