काठमाडौं— प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर २ सय ८० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–६ बस्ने २३ वर्षीय पदम बहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
त्यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका–२ भैँसे चोकबाट अवैध लागुऔषध गाँजा करिब ४ किलोग्राम सहित भिमफेदी गाउँपालिका–८ इपापन्चकन्या बस्ने ३१ वर्षीय भिम स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले भिमफेदीबाट हेटौंडातर्फ जाँदै गरेको ना.४७ प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै झापा, दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिकबाट अवैध लागुऔषध ६ ग्राम र नगद ६७ हजार ८ सय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने ३१ वर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ३६ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन्। इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट खटिएको टोलीले उनीहरुलार्ई पक्राउ गरेको हो।
यसैगरी झापा, मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचिपुलबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका–१ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
त्यस्तै प्रहरीले अवैध लागुऔषध खैरोहिरोइनसहित कैलाली, धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित दार्चुला महाकाली नगरपालिका-४ बस्ने २१ वर्षीया आरती धामी रहेकी छिन्। अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई गएराति २ सय १० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको सन्दर्भमा प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।