स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु बुधबार, असार १२, २०८१
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा बुधबार, असार १२, २०८१ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए।
एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने बुधबार, असार १२, २०८१ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरी आजै नतिजा सार्र्वजनिक गर्ने तयारी गरेको थियो। आज नतिजा सार्वजनिक गर्न बोर्डको पदाधिकारी बैठक बसेकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै भोलि बिहान परीक्षाफल सार्वजनिक गर्न लागिएको हो।
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा बुधबार, असार १२, २०८१ गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरेमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
‘उज्यालो गण्डकी’ अभियान सञ्चालन बुधबार, असार १२, २०८१ गण्डकी प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ।
नेपालगञ्जमा महिला क्याम्पस स्थापना बुधबार, असार १२, २०८१ यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ। विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ।
जलबिरेमा पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बुधबार, असार १२, २०८१ पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। गएरातिदेखि परेको अविलर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले पुष्टि गरे। उनका अनुसार अहिले पहिरो पन्छाउने काम...
आज देशका ३२ स्थानमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह बुधबार, असार १२, २०८१ बुधबार दिउँसो देशका विभिन्न ३२ स्थानहरुमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। आज बिहान ११ बजेदेखि ती स्थानहरुमा वर्षा भइरहेको र सतर्कता अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ।
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरमा ताला लगाउने गृहमन्त्रीको चेतावनी बुधबार, असार १२, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४’ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरी खोलिएका...
विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित बुधबार, असार १२, २०८१ अविरल वर्षापछि खोलामा आएको बाढी पार्किङ क्षेत्रमा पस्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ। बुधबार बिहान विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको हो।पानी सुकेपछि मात्रै उडानको काम सुरु हुने बताइएको छ।
लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु बुधबार, असार १२, २०८१ लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ । गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए।वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता ६९ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षीया इच्छा गुरुङ र ५...
अविरल वर्षाले विराटनगर जलमग्न बुधबार, असार १२, २०८१ अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ। गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन्। डुबानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द छन्।
पोखरामा सडक भासिँदा आवागमनमा समस्या बुधबार, असार १२, २०८१ पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग बुधबार बिहान भासिएको हो।