News Griha :: न्यूजगृह
अब त्रिविका उपकुलपति बराललाई भेट्न 'क्यूआर स्क्यान' गर्नुपर्ने! 

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालसँग भेट्न क्यूआर कोडबाट समय लिनुपर्ने भएको छ। 

त्रिविले सूचना नै जारी गर्दै समय व्यवस्थापनका लागि उपकुलपति बरालसँग भेट्न क्यूआर कोड स्क्यान गरेर अग्रिम समय लिन सूचित गरेको हो। 

‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा. केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय (टाइम बुक) लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैमा अनुरोध छ,’ जारी सूचनामा भनिएको छ। 

सबैको सहजताको लागि सबैले भेट्न पाउनेगरी उक्त नियम लागू गरिएको त्रिविले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:४३
Weather Update