News Griha :: न्यूजगृह
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

बागलुङ—  बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। 

उक्त घटनामा दुईजना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। 

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी  दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। शनिबार बिहान ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:५५
Weather Update