News Griha :: न्यूजगृह
आज दहीचिउरा खाने दिन

काठमाडौं— असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ। धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

रोपाइँका क्रममा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्‌यापाछ्‌याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

रोपाइँको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यो वेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।   

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ। यसैले दही चिउरा खाने संस्कृति फैलिएको संस्कृतिविद् बताउँछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:०४
Weather Update