News Griha :: न्यूजगृह
काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते
काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते बुधबार दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको मृत्यु भएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु बिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन
विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन सरकार, संवैधानिक परिषद् तथा राज्य विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले बुधबार यस्तो निर्देशन दिएको हो।
एक वर्षमा पाथीभरामा करिब ४ करोड भेटी सङ्कलन
एक वर्षमा पाथीभरामा करिब ४ करोड भेटी सङ्कलन प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी सङ्कलन भएको छ। स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो।
बङ्गलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
बङ्गलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए बङ्गलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मङ्गलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। 
पूर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन
पूर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पूर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
माहेश्‍वरी महिला मञ्चको श्रावणी मेला सुरु
माहेश्‍वरी महिला मञ्चको श्रावणी मेला सुरु माहेश्‍वरी महिला मञ्च विराटनगरको आयोजनामा शुक्रबारदेखि स्थानीय अतिथि सदनमा दुई दिने श्रावणी मेला सुरु भएको छ। मञ्चले ६ वर्षदेखि हरेक साउन महिनामा श्रावणी मेला गर्दै आएको छ।
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु बन्दीपुर–४ सालथान निवासी जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दरको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि
विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि काठमाडौंको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ। गोङ्गबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो। 
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि 
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि  सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 
एसईईमा एनजी आएका ५ विद्यार्थीको रिटोटलिङपछि ४ जीपीए 
एसईईमा एनजी आएका ५ विद्यार्थीको रिटोटलिङपछि ४ जीपीए  राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। जसमा चार हजार २९७ जना विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिँदा पाँच जना एनजी आएका विद्यार्थीको चार जीपीए आएको हो।
कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु
कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु बुधबार लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो।
Weather Update