News Griha :: न्यूजगृह
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
‍दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु
‍दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आठबिस नगरपालिका–५ पिपलकोटका दुई वर्षीय रोशन विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अरिङ्गालले टोक्दा एक जनाको मृत्यु
अरिङ्गालले टोक्दा एक जनाको मृत्यु कुँवर मङ्गलबार साँझ घाइते अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार घरमै प्राथमिक उपचारका क्रममै कुँवरको मृत्यु भएको हो।
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए।
दोरम्बा पहिरो: मृतकको सङ्ख्या ८ पुग्यो, दुई जना अझै बेपत्ता
दोरम्बा पहिरो: मृतकको सङ्ख्या ८ पुग्यो, दुई जना अझै बेपत्ता रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गत आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको सङ्ख्या ८ पुगेको हो।
३ प्रदेशमा हल्का पानी पर्दै, कर्णालीमा भारी वर्षा हुने अनुमान
३ प्रदेशमा हल्का पानी पर्दै, कर्णालीमा भारी वर्षा हुने अनुमान आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
विराटनगरमा आज राधाकृष्ण रथयात्रा, प्रदेशभरि सार्वजनिक बिदा
विराटनगरमा आज राधाकृष्ण रथयात्रा, प्रदेशभरि सार्वजनिक बिदा मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ सुरु हुनेछ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान देशभर आज आंशिकदेखि साधारणतया बदली रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आजको मौसम : देशभर वर्षाको सम्भावना
आजको मौसम : देशभर वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ। 
आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो। वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्‍तिपूर्वक मनाउँदैछन्।
Weather Update