बङ्गलादेशमा रहेका नेपालीलाई दूतावासको अनुरोधः अधिकतम सतर्कता अपनाउनूसोमबार, साउन २१, २०८१
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो सोमबार, साउन २१, २०८१ आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो।
चितवनमा एक व्यक्तिलाई बाघले आक्रमण गर्यो आइतबार, साउन २०, २०८१ बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
मर्दी बेसक्याम्पमा मानव अवशेष फेला आइतबार, साउन २०, २०८१ माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा आज जानकारी गराएको बताए।
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने आइतबार, साउन २०, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु शनिबार, साउन १९, २०८१ सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ।
कामतको शोकमा मधेसमा राष्ट्रिय झन्डा आधा झुकाइने शनिबार, साउन १९, २०८१ शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
इलाममा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु शनिबार, साउन १९, २०८१ झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।
यी ४ प्रदेशमा आज भारीदेखि धेरै वर्षाको सम्भावना शनिबार, साउन १९, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।शनिबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौं उपत्यकाको आकाशमा पनि अहिले बादल लागेको छ।
पटकपटक विद्युत अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गमा चक्काजाम शनिबार, साउन १९, २०८१ महोत्तरीमा विद्युत प्राधिकरणले पटकपटक लाइन काटेपछि व्यवसायी र सर्वसाधारण आन्दोलित भएका छन्। पटकपटक लाइन काट्ने र लाइन दिएपनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन्।
अरिङ्गालको टोकाइबाट गुल्मीमा एक जनाको मृत्यु शुक्रबार, साउन १८, २०८१ रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए।
प्यूठानमा पनि भेटियो हैजा, एकैपरिवारका ३ जनामा सङ्क्रमण शुक्रबार, साउन १८, २०८१ हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यसअघि काठमाडौं, ललितपुर र कैलालीमा हैजाका बिरामी भेटिएका थिए।
सवारी दुर्घटनामा दुईजनाको मृत्यु शुक्रबार, साउन १८, २०८१ स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।