News Griha :: न्यूजगृह
५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य
५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ। यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
मधेस प्रदेशमा धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा
मधेस प्रदेशमा धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा  मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ। 
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो। रञ्जितको ठेगाना खुलेको छैन। रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो।
मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु
मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु प्रहरीका अनुसार गएराति साढे १० बजेतिर सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमाना पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेकेको थियो।
सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान ३० मिनेट मात्र
सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान ३० मिनेट मात्र सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्।
ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु
ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जाजरकोटमा पहिरोले घर पुरियो, वडा सदस्य दम्पती बेपत्ता 
जाजरकोटमा पहिरोले घर पुरियो, वडा सदस्य दम्पती बेपत्ता  चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनि सञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए।
रौतहटमा बागमती नदीमा युवकको शव फेला
रौतहटमा बागमती नदीमा युवकको शव फेला रौतहटको वृन्दावन नगरपालिका–१ रमौली घाटस्थित बागमती नदीमा शनिबार एक युवकको शव फेला परेको छ।
१७ मिनेटमा दश जोडीको सामूहिक विवाह
१७ मिनेटमा दश जोडीको सामूहिक विवाह सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए।
हलेसी मन्दिरको प्रवेशद्वार ढलान गरिँदै
हलेसी मन्दिरको प्रवेशद्वार ढलान गरिँदै  प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ। शहरी विकास मन्त्रालयको आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो। 
फिस्लिङको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
फिस्लिङको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। 
Weather Update