News Griha :: न्यूजगृह
जाजरकोटमा पहिरोले घर पुरियो, वडा सदस्य दम्पती बेपत्ता 

जाजरकोट — जाजरकोटमा गएराति पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएकी छन्।

बारेकोट गाउँपालिका वडा नम्बर– ६ धुमा गाउँमा आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ।

जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दलबहादुर सिंहका अनुसार बारेकोट–६ पल्लो धुमा गाँउमा बिहान २ बजे घर पुरिँदा मानबहादुर चलाउने र वडा नम्बर–६ की महिला वडा सदस्यसमेत रहेकी श्रीमती मायादेवी चलाउन बेपत्ता भएका छन्।

चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनि सञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:१०
Weather Update