News Griha :: न्यूजगृह
ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

महोत्तरी—  महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नौ वर्षीया जियासिंह महतो रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

तीन साथीसँग साइकलमा जनता आधारभूत विद्यालय इँटाटार जाने क्रममा तीव्र गतिमा आएको ज२त २० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

जियासिंह कक्षा ३ मा अध्ययनरत थिइन्। सोही घटनामा परेर अन्य दुई बालिका सामान्य घाइते भएका छन्। घाइते हुनेमा गौशाला–३ इटाटारका १२ वर्षीय सुरज महतो र ६ वर्षीया हंसिका महतो रहेका छन्।

ठक्कर दिएर फरार भएका ट्याक्टर चालक प्रेमचन्द्र महतोलाई गौशालाबाट पक्राउ गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:२५
Weather Update