News Griha :: न्यूजगृह
रौतहटमा बागमती नदीमा युवकको शव फेला

रौतहट— रौतहटको वृन्दावन नगरपालिका–१ रमौली घाटस्थित बागमती नदीमा शनिबार एक युवकको शव फेला परेको छ।

मृतकको उमेर अन्दाजी ३० देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।

सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरको संयुक्त टोलीले शवलाई बागमती नदीबाट बाहिर निकालेको हो। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले यस घटनाको पुष्टि गरेका छन्।

शवको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय गौरले सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। प्रहरीले मृतकको हुलिया सङ्कलन गरी जिल्लाभरका प्रहरी युनिटहरूमा सूचना प्रवाह गरिसकेको छ।

मृतकका आफन्तहरूको खोजी पनि भइरहेको छ। पोस्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २१:४८
Weather Update