News Griha :: न्यूजगृह
नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्स्पेक्टर र असईमा खुल्यो भर्ना 
नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्स्पेक्टर र असईमा खुल्यो भर्ना  प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो।
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ।
धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई, असोज ३ देखि सर्वसाधारण चढ्न पाउने
धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई, असोज ३ देखि सर्वसाधारण चढ्न पाउने काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ देखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
यी प्रदेशमा हुरीबताससहित मुसलधारे वर्षा हुने
यी प्रदेशमा हुरीबताससहित मुसलधारे वर्षा हुने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ।
लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्।
यी स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पानी पर्‍यो?
यी स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पानी पर्‍यो? मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले  हवाई टिकट बुकिङ गर्न थालेका छन्। बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ।एअरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन्।
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।
क्यानडा पठाउने भन्दै एक करोड ६५ लाख ठगेको आरोपमा एक जना पक्राउ
क्यानडा पठाउने भन्दै एक करोड ६५ लाख ठगेको आरोपमा एक जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।  रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।
वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा बारामा श्रीमतीको हत्या, २ छोरीमाथि खुर्पा प्रहार
वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा बारामा श्रीमतीको हत्या, २ छोरीमाथि खुर्पा प्रहार बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन्। निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाले जानकारी दिए।
बैतडीमा जीप दुर्घटनामा घाइते युवतीको मृत्यु
बैतडीमा जीप दुर्घटनामा घाइते युवतीको मृत्यु उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद
बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो। गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ। 
Weather Update