News Griha :: न्यूजगृह
संविधान दिवसमा सुरक्षा निकाय ‘हाई अलर्ट’:  अवाञ्छित गतिविधि गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन
संविधान दिवसमा सुरक्षा निकाय ‘हाई अलर्ट’:  अवाञ्छित गतिविधि गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन संविधानविरोधी भड्काउ अभिव्यक्ति दिएर उक्साउने व्यक्ति तथा समूहहरूको प्रहरीले कडा निगरानी गरिरहेको छ। सामाजिक सञ्जाल, युट्युबलगायतका विभिन्न माध्यम प्रयोग गरी शान्ति सुरक्षालाई खलल पुर्‍याउने  गतिविधिमा संलग्नमाथि निगरानी गर्न काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।
आज दरबारमार्गमा ‘नेसनल डे  कन्सर्ट’, यस्ताे छ डाइभर्सन र पार्किङ्ग व्यवस्थापन
आज दरबारमार्गमा ‘नेसनल डे  कन्सर्ट’, यस्ताे छ डाइभर्सन र पार्किङ्ग व्यवस्थापन सरकारले बिहीबार संविधान दिवसको सन्दर्भमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका लागि दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ ।
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो।
धारिलो हतियार प्रहार गरी बर्दियामा एक महिलाको हत्या, आरोपित पक्राउ
धारिलो हतियार प्रहार गरी बर्दियामा एक महिलाको हत्या, आरोपित पक्राउ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारू (पप्पु)ले मीनाको हत्या गरेका हुन्।
सोह्रश्राद्ध सुरु
सोह्रश्राद्ध सुरु प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए।
असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना
असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ। आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन्।तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए।
१५० किलो गाँजासहित दुई पक्राउ
१५० किलो गाँजासहित दुई पक्राउ धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 
जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु
जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु त्रिवेणी गाउँपालिका–४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो।
भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला
भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला सिन्धुपाल्चोकको भोटेकोशी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो। 
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन्।
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा कालिगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
९० दिनमा विपद्बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता 
९० दिनमा विपद्बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता  यसवर्ष मनसुन सुरु भएयता विपद्बाट २२५ जनाको मृत्यु भएको छ। २०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता (भदौ २२ गतेसम्म) ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
Weather Update