News Griha :: न्यूजगृह
मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द
मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ।मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
कोरियामा मृत्यु भएकी सोनुको शव नेपाल ल्याइयो
कोरियामा मृत्यु भएकी सोनुको शव नेपाल ल्याइयो दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ।
अरनिको राजमार्ग दुईतर्फी ठप्प
अरनिको राजमार्ग दुईतर्फी ठप्प आइतबार बिहान साढे ४ बजेतिर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८, बन्देउ डाँडास्थित अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रूख ढल्दा बाटो दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आइतबार यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ।
कैलालीमा सर्पले टोक्दा दुई जनाको मृत्यु, ४ घाइते
कैलालीमा सर्पले टोक्दा दुई जनाको मृत्यु, ४ घाइते कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते
काठमाडौंको चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा बिन्दवासिनी गेटमा बागमती प्रदेश ०१ ०२५च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन्। 
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौं आइपुगिन
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौं आइपुगिन पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्।
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन्।
मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन
मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९:३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए। 
बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्री काठमाडौं आउँदै
बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्री काठमाडौं आउँदै पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आँबुखैरेनी बस दुर्घटनाः चितवनमा शव परीक्षण सुरु [अपडेट]
आँबुखैरेनी बस दुर्घटनाः चितवनमा शव परीक्षण सुरु [अपडेट] आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
Weather Update