News Griha :: न्यूजगृह
तल्लो अरुण जलविद्युत आयोजनाबाट २६८ परिवार प्रभावित हुने
तल्लो अरुण जलविद्युत आयोजनाबाट २६८ परिवार प्रभावित हुने सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरूपमा प्रभावित हुने भएका छन्।
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए आइतबार बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिइन्।
आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो।
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला, आमा बेपत्ता
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला, आमा बेपत्ता मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन्। उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ।सुन्दरहरैंचा ७ गोठगाउँमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको हो।
कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु कलङ्कीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।
बसको ठक्करले महिलाको मृत्यु
बसको ठक्करले महिलाको मृत्यु मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। 
खोटाङमा चट्याङले तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
खोटाङमा चट्याङले तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन्। ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन्। 
मनाङमा गयो भूकम्प
मनाङमा गयो भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको पशुपतिको महास्नान घर भासियो, जीर्णोद्वार गरिँदै
०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको पशुपतिको महास्नान घर भासियो, जीर्णोद्वार गरिँदै २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ। आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो। बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो।
Weather Update