News Griha :: न्यूजगृह
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ। हाल पहिरो हटाउने काम भइरहेको उनले बताए। 
काठमाडौंका यी स्थानमा ६ घण्टा बिजुली अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा ६ घण्टा बिजुली अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोबीखोला पुलदेखि एसआर क्याटरिङ हुँदै धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
काठमाडौंको नक्सालमा टेस्ला शोरुममा आगलागी
काठमाडौंको नक्सालमा टेस्ला शोरुममा आगलागी काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ। आगलागी नियन्रणमा लिइएको छ। शोरुममा शुक्रबार लागेको आगलागी दमकलको सहायतामा नियन्रणमा लिइएको प्रहरी वृत्त मालिगाउँले जानकारी दिएको छ। 
गैँडाको आक्रमणबाट बर्दियामा एकको मृत्यु, अमेरिकी नागरिकसहित दुई घाइते
गैँडाको आक्रमणबाट बर्दियामा एकको मृत्यु, अमेरिकी नागरिकसहित दुई घाइते नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।
आज तीज पर्व मनाइँदै
आज तीज पर्व मनाइँदै भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्।पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात्  मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ।
आज दर खाने दिन
आज दर खाने दिन पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीय तिथि परेको हो।भाद्र शुक्ल द्वितीयाका दिन नीराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
तीन प्रदेशका केही स्थानमा भारी वर्षा
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ लक्ष्मीनियाँमा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।
देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा
देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा देशका केही भूभागमा वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो। 
विष्णुमती नदीले जलसतह पार गर्‍यो
विष्णुमती नदीले जलसतह पार गर्‍यो काठमाडौंको विष्णुमती नदीले जलसतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो।
Weather Update