खोलाले बगाउँदा युवतीको मृत्यु
उदयपुर— जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो।
हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १०:३७