सूर्यदर्शन सहकारी प्रकरणः लीला पछाइ पक्राउमंगलबार, असोज १५, २०८१

रिहा भए दुर्गा प्रसाईं मंगलबार, असोज १५, २०८१ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्।काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन्।

दसैँको मुखमा जोखिमपूर्ण यात्रा नगर्न सुझाव मंगलबार, असोज १५, २०८१ वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ।दसैँका लागि पोकापुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन्।

पूर्वबाट फेरि मौसम बदली सुरु मंगलबार, असोज १५, २०८१ असोज १६ गते कोशी, मधेस प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ। असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।

ललितपुरमा वर्षाजन्य विपद्ः थप ६ जनाको शव भेटियो, मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो मंगलबार, असोज १५, २०८१ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।

अग्रिम टिकट बुकिङ बन्द गर्ने व्यवसायीको तयारी, यातायात व्यवस्था विभाग बेखबर मंगलबार, असोज १५, २०८१ यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्।राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

बाढीपहिरोः काभ्रेमा एक विदेशीसहित ६२ को मृत्यु, एकै परिवारका ४ जना बेपत्ता मंगलबार, असोज १५, २०८१ केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ। घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्।मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो। घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन्।

सर्वोच्चका प्रस्तावित २ न्यायाधीशविरुद्ध उजुरी आह्वान मंगलबार, असोज १५, २०८१ समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो।प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ।

दाउन्नेमा एकतर्फी सडक खुल्यो मंगलबार, असोज १५, २०८१ गएराति सडक भासिएर अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन्।

दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी मंगलबार, असोज १५, २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गएरातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ।बर्दघाट नगरपालिका–४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो।

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु मंगलबार, असोज १५, २०८१ गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट सोमबार, असोज १४, २०८१ नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो। सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो।

सहकारीको रकम अपचलन: छविलाल जोशीको बयान सकियो आइतबार, असोज १३, २०८१ सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ। जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो।