सूर्यदर्शन सहकारी प्रकरणः लीला पछाइ पक्राउ
काठमाडौं— कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाइ लाई पक्राउ गरेको छ।
उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ।
सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीको भनाइ छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन्। यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल जोशी पनि पक्राउ परेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १८:४८